प्रधानमन्त्रीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवमा कोरोना संक्रमण


१७ आश्विन २०७७, शनिबार
PMO advisiors bisnu rimal surya thapa

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

प्रेस सल्लाहकार थापाका अनुसार उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । यसअघि प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण उनीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भने बिहीबार नै स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७