महिलाको कान नै काटेर लुटियो सुनका गहना


१८ आश्विन २०७७, आईतवार
kan kater

नवलपरासी, १८ असोज । नवलपुरको कावासोतीमा एक महिलाको कान नै काटेर सुनका गहना लुटिएको छ ।

कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया तुलसी पौडेलको कान काटेर दुई जना लुटेराले गहना लुटेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले महिला घरबाट बजार आउने क्रममा जंगलमा लुटिएको जानकारी दिएकी छिन् । लुटेराले कान काटेर कानका दुई वटा रिङ्ग लुटेर लगेको उनका श्रीमान डण्डापाणी पौडेलले जानकारी दिए ।

लुटेराले गहना लुट्न दुई वटै कान काटिएकी महिलाको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भईरहेको छ । लुटेराको खोजी भई रहेको प्रहरीले बताएको छ । पछिल्लो समय कोरोना महामारीका कारण आम्दानीको बाटो टुट्दा केहि गलत मनोवृत्तिका व्यक्तिहरुले सुनका गहना लुटपाट गर्ने गतिविधि बढाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७