कोरोना कहरकैबीच ७८ नेपाली शान्ति सेनाको पहिलो डफ्फा दक्षिण सुडान प्रस्थान


१९ आश्विन २०७७, सोमबार
Un Mission

काठमाडौं, १९ असोज । विश्वव्यापी कोरोना कहरकैबीच ७८ जना नेपाली शान्ति सैनिकको टोली शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान गरेको छ ।

नियमित प्रक्रिया अनुसार आज बिहान नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन सुडान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सेनाले दक्षिण सुडानको शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदल बदल भएको जानकारी दिएको छ ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही असोज २० गते नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

senabigyaptiiiii 1

कोभिड-१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ । शान्ति मिसनमा पठाउने टोलीलाई नेपाली सेनाले केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७