३७ जना थप गर्दै साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन, को-को थपिए ? (सूचीसहित)


२२ आश्विन २०७७, बिहीबार
sajha party 1200x560 1

काठमाडौं, २२ असोज । ३७ जना थप गर्दै साझा पार्टीले केन्द्रीय समिति पुनर्गठन गरिएको छ । सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर केन्द्रीय समितिलाई ६५ सदस्यी बनाइएको हो । गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निणर्य गरेको थियो ।

आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको साझा पार्टीले जनाएको छ । नयाँ थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् ।

राजनीतिक विकल्प निर्माण गर्न सम्पूणर् प्रयत्नहरू एकीकृत गर्नुपर्ने पार्टीले बताएको छ । त्यसका लागि देश(विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन हामी साझाले आह्वान गरेको छ ।

यी हुन् थपिएका ३७ जना

महेन्द्र थापा, अमलेश कणर्, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी छन् ।

यस्तै केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७