लिबियामा सात भारतीय नागरिकको अपहरण, स्थिति अज्ञात


२३ आश्विन २०७७, शुक्रबार
114814432 gettyimages 1228937083

काठमाडौं, २३ असोज । लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन् ।
लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय नागरिकहरुलाई भारत फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरण गरिएको हो ।

अपहरण गर्ने व्यक्तिहरुको समूह पहिचान भएको छैन । यसैबीच भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरणमुक्त गर्न आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरणमुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको हो ।

भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मा अपील जारी गरेको थियो भने सन् २०१६ मा लिबिया जान प्रतिबन्ध समेत लगाएको थियो । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका छन् । अपहरणमा परेकाहरुको स्थिति अज्ञात छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७