आईपीएल : दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई फाइनलमा


२१ कार्तिक २०७७, शुक्रबार
ddd UaJlQIzGeZ

काठमाडौं, २१ कार्तिक । मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

गए राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

दिल्लीलाई समेत फाइनल पुग्ने अवसर कायमै छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ । अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७