अरिङ्गालको टोकाइबाट नेकपा जिल्ला अध्यक्ष गैह्रेकी छोरी अतिथिको निधन


२ मंसिर २०७७, मंगलवार
atithi gaihre mThPZjuqs3

स्याङजा, २ मंसिर । अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङजाका अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो ।

गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखरामा ज्यान गएको हो । पुतलीबजार नगरपालिका–१४ को तलामागेमा अरिङ्गालले टोक्दा ती बालिका गम्भीर घाइते भएकी थिइन् ।

सोमबार लामागेमा माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा उनलाई नजिकैको रुखमा रहेको अरिङ्गालले टोक्दा घाइते भएकी थिइन् । अतिथिसँगै अर्की बालिका पनि घाइते भएकी र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७