पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण


२७ मंसिर २०७७, शनिबार
parash khadga

काठमाडौं, २७ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।

पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । सोही दिन उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए । कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेका छन् ।

उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७