‘शतप्रतिशत भन्दा अझ ज्यादा विश्वास साथ भन्छु, संसद पुनस्थापित हुनेछ’ {भिडियाे}


६ पुष २०७७, सोमबार
yogesh bhattarai
फाइल फोटो

काठमाडौं, ६ पुस । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसद बिघटन गर्ने निर्णयलाई अदालतले उल्टाउने विश्वास व्यक्त गरेका छन् । सोमबार मन्त्रालयलमा आयोजित विदाइ कार्यक्रममा भट्टराईले देशका संवैधानिक अंगहरु स्वतन्त्र भए संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेको हो ।

उनले लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण राजीनामा दिएको बताए । उनले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सफल नभएको बताए । उनले भने, ‘यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन्, विवेक पु¥याउँछन् र त्यहाँका मान्छेहरु ठिक छन् भने सतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुनर्स्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुन्स्थापना हुन्छ, हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’

उनले निर्णयकर्ताहरुले यस बिषयमा ठण्डा दिमाखले सोच्नुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा भट्टराईले आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । आफु मन्त्रालयमा नभएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको बिकासका लागि सदैव आफ्नो साथ रहने उनले बताए ।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको उनले बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानून र संविधानको हिसाबले मेल खाँदैन् । राजनीतिक हिसाबले राजनीतकि मुल्यलाई बोकेको छैन् । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’

कार्यक्रममा भट्टराईलाई मन्त्रालयका सचिव यादव कोइराला लगाएतका कर्मचारहरुले विदाई गरेका थिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७