अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, कसरी हेर्ने ?


२३ बैशाख २०८१, आईतवार
america

काठमाडौँ । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे / नपरेको बारे dvprogram.state.gov/ESC/  वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ । डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७