साँढेले हान्दा ८० वर्षीया वृद्धाको मृत्यु


२८ पुष २०७७, मंगलवार
death photo1

सप्तरी, २८ पुस । सप्तरीमा साँढेले हान्दा एक ८० वर्षीया वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका छिन्नमस्ता गाउँपालिका–२ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेले हान्दा मृत्यु भएको हो।

सोमबार राति ९ बजे आफ्नै घरअगाडि बाटोमा हिँडिरहेकी ती वृद्धालाई साँढेले हानेका र उपचारका लागि गजेन्द्र नारायण स्ंिह अस्पताल राजविराज ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए । ती महिलाको शव अहिले गजेन्द्र नारायण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७