‘निर्मला र भागिरथीलाई न्याय दे’ सरकार {भिडियाे}


१ फाल्गुन २०७७, शनिबार
studnet

काठमाडौं, १ फागुन । बैतडीमा किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको बागबजारस्थीत पद्मकन्या क्याम्पसका बिद्यार्थीहरुले बागबजारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गर्दै हत्यारालाइ छिटो पक्राउ गरेर कारवाही गर्न माग गरेका हुन । बिद्यार्थीहरु कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेर प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले बलात्कारीलाई फासी दे, हत्यारालाई कारबार गर, बलात्कारी सरकार मुर्दावाद, प्रतिगमन मुर्दावाद, निर्मला र भागिराथीलाई न्याय देउ, ओली सरकार मुर्दावाद लगायतका नाराहरु लगाएका थिए ।
उत्रिएका विद्यार्थीहरुले मुलुकमा बलात्कार, हत्या हिंसाको घटना बढ्दै गएपनि अपराधीहरु कानूनी कारवाहीमा आउन नसकेको आरोप लगाएका थिए । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले पिडितलाई न्याय दिन राज्य चुक्न नहुने समेत बताएका थिए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७