विप्लव नेकपा अब शान्तिपूर्ण राजनीतिमा

आज प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा


२१ फाल्गुन २०७७, शुक्रबार
35 Shares
biplab2021 03 05 05 57 44

काठमाडौं, २१ फागुन । सरकारसँग तीन बुँदे सहमति गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । यससँगै सरकारले विप्लव नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

सरकार र विप्लव नेकपाबीच बिहीबार भएको तेस्रो चरणको वार्ता सहमतिमा पुगेको हो । यसअघि बुधबार दुई चरणमा वार्ता भएको थियो । सहमतिअनुसार सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउँदै पक्राउ गरिएका बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेछ । त्यस्तै, नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्,’ सहमतिपछि दुवै वार्ता टोलीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता तथा वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा प्रकाण्डको हस्ताक्षर छ ।

विप्लव पक्षले राखेका राजनीतिक एजेन्डाबारे भने क्रमशः छलफल गर्दै संवादका माध्यमबाट समस्या समाधान गर्ने सहमति भएको छ । उसले वार्तामा जनजीविका, प्रगतिशील राष्ट्रियता, वैकल्पिक संयुक्त सरकार र संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्थालगायत विषयमा जनताको मत लिनुपर्ने एजेन्डा अघि सारेको थियो ।

jagdamba.cement
rbbbb

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई पक्षबीच भएको तीन बुँदे सहमति अनुमोदन गरेको छ । त्यस्तै, दुई वर्षअघि नेकपामाथि लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सरकारले नेकपामाथि २८ फागुन ०७५ मा प्रतिबन्ध लगाएको थियो ।

दश वर्ष लामो माओवादी जनयुद्धमा सँगै रहेका विप्लव ०६९ को असारमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अलग भएर मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी गठन प्रक्रियामा सहभागी भएका थिए । तर, वैद्य नेतृत्वको नेकपा–माओवादीभित्रको ‘ढुलमुले शैलीले क्रान्ति सम्पन्न गर्न नसकिने’ भन्दै उनले ०७१ मंसिरमा आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

दुई वर्षसम्मको प्रतिबन्धका क्रममा नेकपाका दुई हजार तीन कार्यकर्तालाई सरकारले पक्राउ गरेको थियो । त्यसध्ये हाल एक सय २३ जना विभिन्न मुद्दामा जेलमा र १८ जना प्रहरी हिरासतमा छन् । यसबीचमा नेकपाका १६ कार्यकर्ताको ज्यान गएको छ भने विप्लव पक्षबाट तीन जना मारिएका थिए ।

दुई पक्षबीच वार्ता जारी रहेकै वेला महान्यायाधिवक्ताको कार्यालयले माफीसम्बन्धी र मुद्दा फिर्तासम्बन्धी निर्देशिका तयार गरी गृह मन्त्रालयमा पठाएको थियो । स्रोतका अनुसार नेकपासँग भएको अनौपचारिक छलफलपछि सरकारले निर्देशिकाको काम अघि बढाएको थियो ।

सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो । त्यसको एक घन्टामै नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड संयोजक र उदयबहादुर चलाउने दीपक सदस्य रहेको वार्ता समिति गठन गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७