लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव


६ बैशाख २०७८, सोमबार
kul prasad kc

बुटवल, ६ बैसाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा) ले अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिएका छन् । ‘मुख्यमन्त्रीविरुद्ध तीन दलले अविश्वासको प्रस्ताव दर्त गरेका छौं,’ यादवले सुनाए, ‘नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।’

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन् । दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ । प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७