एमाले नेताहरूको कार्यविभाजन, नेपाल–खनाल पक्ष जिम्मेवारीविहीन (सूचीसहित)

स्थायी कमिटीमा समेटिएका बामदेव गौतमलाई पनि दिइएन जिम्मेवारी


१० बैशाख २०७८, शुक्रबार
oli samuha

काठमाडौं, १० बैसाख । नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । महाधिवेशन आयोजक कमिटीका २६४ सदस्यको आज (शुक्रबार) कार्यविभाजन गरिएको हो । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित रुपमा कुनै जिम्मेवारी दिइएको छैन ।

उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।

स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो ।
हेर्नुस् कसलाई के जिम्मेवारी ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७