२०७८ बैसाख १७ गते शुक्रबारको तपाईको राशिफल


१७ बैशाख २०७८, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य अघि बढ्ने छ । पारिवारिक सहयोग र सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्न सक्छ । अप्ठ्यारो र जटिल ठानिएको काम समेत सम्पादन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ, तर साँझमा धन खर्च भने रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइने छ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्ने छन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्ने छ, तर स्वास्थ्यप्रति सजग रहनु पर्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७