२०७८ बैसाख २७ गते सोमबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समस्या दर्साउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । अरुलाई प्रभावित पारेर काम बन्ने छ । लाभदायी छलफल हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाईनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्च समेत बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफन्त र मित्रवर्गको सहयोग पाइने छ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्ने छ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।
ज्यो.प. नारायणप्रसाद दुलाल