कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन


३० बैशाख २०७८, बिहीबार
thumb 1 7

काठमाडौं, ३० बैसाख । कोरोना संक्रमणबाट काठमाडौंं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।

उनका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई सुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७