एमालेले पत्र नै लेखेर माग्यो बादलका लागि भोट, राप्रपाले सूर्य चिन्हमै मतदान गर्ने


३ जेष्ठ २०७८, सोमबार
Ram Bahadur Thapa राम बहादुर थापाalso known as Badal He is the current Home Minister of Nepal He is a leader of Nepal Communist Party

काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई नै मतदान गर्ने निर्णय भएको नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

केही समयअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष कमल थापालाई फोन गरी मत मागेका थिए । यस्तै एमालेले हिजो (आइतबार) बादललाई मतदान गर्न आग्रह गर्दै राप्रपालाई पत्र समेत पठाएको थियो ।

यही जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य दुई र स्थानीय तहका दुई जना प्रतिनिधि मतदाता छन् ।
सोहीअनुरुप आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिस्ट (एमाले) बाट अनुरोधसहितको पत्र प्राप्त भएपछि राप्रपाले एमालेका उम्मेद्वारलाई मतदान गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफना पार्टीबाट निर्वाचित प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा मतदान गर्न जानकारी गराउने निर्णय गरेको छ । बागमती प्रदेशमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

जसमा राप्रपाको मत मूल्य १३२ छ । बादल अहिले एमाले पार्टीमा छन् । एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई अघि सारेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ उम्मेद्वार छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७