क्यानडाबाट राष्ट्रिय आविष्कार केन्द्रलाई ४ लाख रकम सहयोग


१५ जेष्ठ २०७८, शनिबार
help

 काठमाडौँ, १५ जेठ ।  क्यानडामा बस्दै आएका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई ४ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेका छन् ।
नेपालमा बर्दिया पशुपतिनगर घर भएका कमल पौडेलको पहलमा शम्भु मझुवाली, गोकर्ण थापा र सन्तोष थारु, सराेज मल्लको पहलमा रकम सङ्कलन गरी केन्द्रलाई क्यानेडियन डलर ४७१० पठाएको हो ।

केन्द्रलाई नेपालमा फैलिएको कोरोना महामारीको बेला अक्सिजन आपूर्ति गर्नको लागि सहयोग गरेको कमल पौडेल बताए । ‘कोरोना महामारीको बेला अक्सिजन आपूर्तिमा महत्त्वपूर्ण काम गिरहेको राष्ट्रिय अविकार केन्द्रलाई हाम्रो तर्फबाट पनि केही सहयोग होस् भनेर ५६ जना नेपालीहरू मिलेर सहयोग पठाएको हौँ ।’ उनले भने,‘ हाम्रो सानो सहयोगले राष्ट्रिय अविकार केन्द्र लाही स्रोत जुटाउन सहयोग हुने र अरूलाई प्रेरणा पनि हुने कुरामा बिश्वास्त छौँ ।’

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारी विरुद्ध लड्न सहयोग गरिरहेको छ । पीपीई निर्माण तथा वितरण, अक्सिजन प्लान्ट निर्माण, आपृर्ति लगायतका विभिन कामहरु गरिहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७