शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा उपलब्ध गराउने


१५ जेष्ठ २०७८, शनिबार
bujet speech

काठमाडौं, १५ जेठ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख रुपैंयाँसम्म कर्जा पाउने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आव २०७८–०८९ को बजेट सार्वजनिक गर्दै स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।
शनिबार आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै उनले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७