खोलामा बाढी आउँदा एक दर्जन बढी घरमा क्षति


२७ जेष्ठ २०७८, बिहीबार
badhi
फाइल फोटो

बैतडी, २७ जेठ । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बस्खेतमा खहरे खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।
बुधबार राति परेको अविरल बर्षाका कारण स्थानीयहरुका घरमा क्षति पुर्‍याएको स्थानीय भोजराज भट्टले जानकारी दिए । डोजरले खनेको सडकको माटो बस्खेत खोलामा आएको र खोलाको बाढीले स्थानीयहरुमा घरमा क्षति पुर्‍याएको उनले बताए ।

बाढीले स्थानीय मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगाएको छ । बाढीले स्थानीय हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ । अविरल बर्षाका कारण सडकको माटो सहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी, रमेश लुहार, शिवराम लुहार लगायतका १० जना भन्दा बढी घरहरु उच्च जोखिममा परेका छन् ।

वर्षा सुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन् । जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ । धेरै स्थानीय तहहरुले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी समेत गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७