मेलम्ची बाढी अपडेट : बेपत्ताको संख्या २० पुग्यो, खोजी जारी (नामावलीसहित)


४ असार २०७८, शुक्रबार
Melamchi flood 10

सिन्धुपाल्चोक, ४ असार । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा असार १ गते राति आएको बाढीपछि हराउनेको संख्या २० पुगेको छ । बिहीबार रातिसम्ममा बेपत्ताको सूचीमा तीन जना थपिएको जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार जुगल गाउँपालिकाका २० वर्षीया गीता थापा र एक वर्षीय सुदीप थापा तथा हेलम्बु गाउँपालिका–१ का ९० वर्षीय तस्बिर तामाङ बेपत्ताको सूचीमा थप भएका हुन् ।

अरु हराइरहेकाहरूमा हेलम्बु गाउँपालिका–२, पाल्चोक शेराकी ६६ वर्षीया टीकामाया खड्का हेलम्बु गाउँपालिका–२, किउलका ३१ वर्षीय माधव भण्डारी, सोही वडा चुरेटारका ४२ वर्षीय गणेश ज्योति, सोही वडा चनौटेका ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल छन् ।

यस्तै हेलम्बु–६, किउलपारिका ५० वर्षीय च्याङा तामाङ, सोही स्थानकी ४२ वर्षीया काली तामाङ, हेलम्बु–३, चनौटेकी ५० वर्षीया साइली तामाङ, हेलम्बु गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय सुनील तामाङ र ३५ वर्षीय पूर्ण तामाङ मंगलबार रातदेखि सम्पर्कविहीन छन् ।
यसैगरी हेलम्बु–१ का ५० वर्षीय कामी तामाङ र सोही ठेगानाकी ८० वर्षीया नोर्की तामाङ तथा वर्ष खुल्न नसेकका तनहुँ आँबुखैरहनी–१ का रेशमलाल सार्की र खामलालुङ–९ का होमराज घिमिरे पनि बेपत्ताको सूचीमा छन् ।

यस्तै भारतीय नागरिकद्वय कमललोचन महतो र जिनडाऔ वासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढी पहिरोमा बेपत्ताको खोजीका लागि ३५० सुरक्षाकर्मी परिचालन भइसकेको छ ।

मेलम्ची बाढीबाट भएका क्षति, बेपत्ता खोजीका लागि टोली परिचालन तथा अहिलेसम्म गरिएका उद्धारबारे विस्तृत विवरण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७