सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो


२२ असार २०७८, मंगलवार
Sujita BHandari

काठमाडौं, २२ असार । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत भेटिएकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

त्रिवि शिक्षण अस्पतालमा शव परिक्षण भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरज प्रताप सिंहले जानकारी दिए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । चितवनका एसपी ओम अधिकारीले विज्ञ चिकित्सकको समुहले पोष्टमार्टम गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म कुनै क्लू फेला परेको छैन ।’ घरबाट हिंडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन ।

ब्यूरोबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सिआईबीका डीआईजी सिंहले बताए । ‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ’ डीआईजी सिंहले भने, ‘विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छौं ।’ असार ११ मा बिहान ६ बजे घरबाट हिंडेकी सुजिताले त्यसै दिन दिउँसो दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् ।

आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै विषादीको बट्टा पनि भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल मृतकको घरबाट ५ किलोमिटर टाढा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७