एकै दिन थपिए ३,७२९ कोरोना संक्रमित, १,८८५ जना निको, २५ को मृत्यु


२२ श्रावण २०७८, शुक्रबार
korona

काठमाडौं, २२ साउन । १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३,७२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९,४९३ नमूनाको पीसीआर र ६,१८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो ।

जसमध्ये २,४३० नमूनाको पीसीआरबाट र १,२९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,८८५ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७