लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा


२७ श्रावण २०७८, बुधबार
Santosh Kumar Pandeya Lumbini

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने अघिल्लो दिन मन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।

नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जनता समाजवादी पार्टी जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको बैशाखमा मन्त्री बन्नुभएका पाण्डेसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई सरकारबाट फिर्ता हुन नमानेपछि जसपाले कारबाही गरी सांसदबाट हटाएको थियो ।

निर्णयविरुद्ध तीनै जना अदालत गएका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित पाण्डेयले पद त्यागे पछि विजय यादव र कल्पना पाण्डे लम्साल पनि राजीनामा दिने तयारीमा छन् ।

l 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७