अफगान जनचाहनालाई सम्मान गर्दै तालिबानले आफ्नो प्रतिज्ञा कार्यान्वयन गरोस् : चीन


३२ श्रावण २०७८, सोमबार
hua chunying china foreign11 ugJ1Otkuw8

काठमाडौं, ३२ साउन । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबारे चीनले आफ्नो धारणा सार्वजनिक गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले दैनिक प्रेस ब्रिफिङमा तालिबानले जनचाहनाको सम्मान गर्दै आफूले यसअघि गरेको प्रतिज्ञा कार्यान्वयन गर्ने आशा गरेको बताएकी हुन् ।

‘अफगान तालिबानले हिजो अफगानिस्तानमा युद्ध अन्त्य भएको बताएका छन् र उनीहरुले खुल्ला र समावेशी इस्लामिक सरकार गठनका लागि पहल गर्ने भनेका छन्, अफगान जनता र त्यहाँस्थित विदेशी मिसनको सुरक्षा सुनिश्चिताको लागि उत्तरदायी बन्ने आशा गरेका छौं’, उनले सोमबार भनिन् ।

चीनले अफगानिस्तानको संक्रमणकालीन अवस्था अन्त्य गर्न गरेको प्रतिबद्धता कार्यान्वयन हुनेमा चीनको आशा रहेको हुवाले बताएकी छिन् । त्यस्तै, सबैखाले आतंकवादी र आपराधिक कार्य रोकेर अफगानी जनतालाई युद्धबाट टाढै राख्ने र उनीहरुको सुन्दर मातृभूमि पुनर्निर्माण गर्नेछन् भन्ने विश्वास चीनले गरेको उनले बताइन् ।

‘अफगानिस्तानको अवस्थामा मुख्य परिवर्तन देखिँदै छ । हामी अफगान जनताको चाहनाको सम्मान गर्छौ’, उनले भनिन् । हुआले अफगानिस्तानमा रहेको चिनियाँ दूतावासले कार्य सञ्चालन यथावत् गरिरहेको र आफ्ना नागरिकको उद्धारको काम पनि भएको बताइन् । गत महिना चीनका विदेशमन्त्री वाङ यीले तालिबानका वरिष्ठ नेताहरुसँग चीनको तियान्जिनमा भेटवार्ता गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७