मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा प्रदेश सभा वहिष्कार

‘दम्भ र बिना अहंकार जनताको काम विनम्रतापूर्वक गर्नेछु’


७ भाद्र २०७८, सोमबार
Kulprasad kc sonam

बुटवल, ७ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले कुनै प्रकारको दम्भ र अहङ्कार बिना नै आफ्नो नेतृत्वको सरकारले जनताको पक्षमा विनम्रतापूर्वक काम गर्ने बताएका छन् । उनले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशको अनुहार पढ्ने र बदल्ने कुरालाई आफ्नो नेतृत्वको सरकारले कहीं अवमूल्यन नगर्ने प्रस्ट पारे ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारले जनताको जीवनमा सुधार, स्वास्थ्य उपचारको ग्यारेन्टी गर्छ र समय सीमाभित्र पूर्ण जवाफदेही ढङ्गले ती विषयलाई सम्बोधन गर्छ ।’ पुराना सरकारका नारा एकातिर, काम अर्कोतिर भएको भन्दै उनले ती नारालाई समेत सार्थक तुल्याउने गरी काम गर्ने पनि बताए ।

उनले प्रतिपक्षका साथीहरूले समेत सहयोग गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे । उनले प्रतिपक्षलाई आफ्ना सबै अहम् समाप्त गरेर, सत्तामा रहने र प्रतिपक्षमा रहने कुरालाई स्वाभाविक प्रक्रिया मानेर, नैतिक मूल्य, मान्यता र आफ्नो निश्चित मर्यादा, संसदीय प्रक्रियाको अवलम्बन गर्न पनि सुझाव दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७