पन्जसिरमा तालिबान र विरोधी लडाकुबीच भिडन्त, हजारा समुदायका १४ जनाको हत्या


१५ भाद्र २०७८, मंगलवार
panjasir ladaku uo8sjrRAHs

काबुल, १५ भदौं । तालिबानले कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिरमा भीषण लडाइँ भइरहेको छ ।
पन्जसिर स्रोतका अनुसार तालिबानले धेरै ठाउँबाट हमला गरिरहेका छन् भने त्यहाँका तालिबानविरोधी लडाकुले प्रतिकार गरिरहेका छन् ।

तालिबानले त्यहाँ आफ्ना विरोधी लडाकु पनि आफ्नो समर्थनमा आएको दाबी गरेको थियो तर धेरै वटा स्रोतले त्यहाँ दुई पक्षबीच युद्ध भइरहेको पुष्टि गरेका छन् । यसैबीच अफगानिस्तानको पत्रिका इतलेआत रोजको दाबीअनुसार उता दायकुन्दी प्रान्तको खदिर जिल्लामा तालिबानका लडाकुले हजारा समुदायका १४ जनाको हत्या गरेका छन् । त्यसमा २ जना सर्वसाधारण नागरिक पनि छन् ।

हजारा समुदायका कार्यकर्ताले तालिबानले दुर्गम क्षेत्रमा अत्याचार गरिरहेको आरोप लगाएका छन् । दायकुन्दीबाट आइरहेका रिपोर्टअनुसार हजारा लडाकु र तालिबानबीच लडाइँ भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७