उत्तर कोरियाले गर्‍यो १५ सय किलोमिटर टाढा पुग्ने मिसाइल परीक्षण


२८ भाद्र २०७८, सोमबार
uttar misile 4zmqOlEueX

काठमाडौं, २८ भदौं । उत्तर कोरियाले आफूले नयाँ किसिमको क्रुज मिसाइलको सफल परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार र आइतबार दुईवटा मिसाइल प्रक्षेपण गरिएको हो ।

जसले १५ सय किलोमिटर भन्दा बढी दूरीमा मार हान्न सक्ने दाबी गरिएको छ । यसअघि उत्तर कोरियाले पछिल्लो पटक गत जनवरीमा क्रुज मिसाइलको परीक्षण थियो, जतिबेला अमेरिकामा जो बाइडेनले राष्ट्रपति पदको शपथ लिएका थिए ।

उत्तर कोरियाले आफ्नो ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ । मिसाइल परीक्षणको यो नयाँ घटना त्यस्तो बेला सार्वजनिक भएको हो, जतिबेला अमेरिका, जापान र दक्षिण कोरिया लामो समयदेखि उत्तर कोरियासँग जारी उतार–चढावपूर्ण कूटनीतिक सम्बन्धबारे टोक्योमा छलफल गर्न लाग्दै छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७