त्रिवि अन्तर्गतका सबै कलेजमा आजदेखि भौतिक उपस्थितिमै पढाइ


१ आश्विन २०७८, शुक्रबार
student

काठमाडौं, १ असोज । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेजमा आज (शुक्रबार) देखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द रहेका कलेज आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुन लागेका हुन् ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न लागिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को २७ भदौमा बसेको बैठकले सर्तकता अपनाउँदै विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आजदेखि सम्बन्धित स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका देशैभरीका कलेज सञ्चालन हुँदैछन् ।
नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १,४२५ छन् । जसमा १३७ आङ्गिक, ५०८ सामुदायिक र ७८० निजी क्याम्पस सञ्चालनमा रहेका त्रिविले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७