इथियोपियाले सात अधिकारीलाई निष्कासन गरेको विषयमा राष्ट्रसंघको ध्यानाकर्षण


१७ आश्विन २०७८, आईतवार
antoniyo m9brZLEcMJ
SG gives press con

काठमाडौं, १७ असोज । द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा खटिएका आफ्ना सात अधिकारीलाई इथियोपियाले निष्कासन गरेको विषयमा संयुक्त राष्ट्रसङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियामा गहिरिँदो मानवीय सङ्कट र भोकमरीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । इथियोपियाले आन्तरिक मामिलामा दखल पुर्‍याएको आरोपसहित राष्ट्रसंघका सात जना अधिकारीलाई निष्कासन गरी द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानवीय सहयोग पुर्‍याउन प्रतिबन्ध लगाएको छ ।

महासचिव गुटेरेसले इथियोपियालाई यो निर्णय लिने अधिकार नभएको प्रष्ट पारेका छन् । संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार टिग्रेइ क्षेत्रमा ५२ लाख नागरिक मानवीय सहायताको पर्खाइमा छन् ।

टिग्रेइ क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पुग्ने असरले बालबालिकाहरू भोकमरीको सिकार हुनसक्ने देखिएको छ । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई इथियोपियाको पछिल्लो निर्णयले द्वन्द्व र मानवीय सङ्कट समाधानको विषय थप पेचिलो हुनसक्नेबारे जानकारी गराएका छन् ।

यसबारे सुरक्षा परिषद्को आकस्मिक बैठकमा छलफल भए पनि कुनै निर्णय भइसकेको छैन । संयुक्त राष्ट्रसंघले मानवीय सहयोग नरोकिने र इथियोपिया सरकार संयुक्त राष्ट्रसंघ र यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वास लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७