कस्तो रहला आजको मौसम ?


१८ आश्विन २०७८, सोमबार
kathamandu

काठमाडौं, १८ असोज । आज (सोमबार) विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–२ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ’, वरिष्ठ मौसमसवद् निराजन सापकोटाले भने, ‘कर्णाली र सुदूरपश्चिममा धेरै मौसममा धेरै खुलिसकेको छ ।’ उनका अनुसार काठमाडौंमा मौसम गए रातिदेखि नै गुम्म भए पनि ठूलो वर्षाको भने सम्भावना छैन । दिउँसो पानी परे पनि हल्का वर्षा मात्रै हुने उनको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ । मौसम विस्तारै खुल्दै गएकाले अबको केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको तर दिन भने अहिले नै तोक्न नसकिने उनी बताउँछन् ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७