१,११४ ले जिते कोरोना, ९६८ नयाँ थपिए, ६ जनाको मृत्यु


१९ आश्विन २०७८, मंगलवार
korona

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४,४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १,११४ जना निको भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार २४८ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमित ३३५ जनाको भेन्टिलेटरमा र १२२ जनाको आइसीयूमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ८९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

k 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७