महासचिवमा फेरि दोहोरिन्न : ईश्वर पोखरेल


२४ आश्विन २०७८, आईतवार
Ishwor Pokhrel ईश्वर पोखरेल is a current Secreteriat member of Nepal Communist Party and also the Deputy Prime Minister and Minister of Defence
फाइल फोटो

काठमाडौं, २४ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले महासचिवमा आफू फेरि नदोहोरिने बताएका छन् । आज (आइतबार) पोखरेलले सञ्चारकर्मीसँग बडादशैं शुभकामना आदानप्रदान गर्दै आफू दुईचोटी महासचिव भइसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।

‘म दुईपटक एमालेको महासचिव भइसकें, तपाईंहरुलाई स्पष्ट भन्छु, ‘अब म महासचिवमा दोहोरिन्न’, पोखरेलले भने । उनले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पारे ।

महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने ? भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहेनन् । पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गरे । नेकपा एमालेले आगामी मंसिरमा नेतृत्व चयनका लागि दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७