आईएसका वरिष्ठ नेता सामी जसिम पक्राउ


२६ आश्विन २०७८, मंगलवार

काठमाडौं, २६ असोज । इस्लामिक स्टेट (आईएस) का उच्च नेता सामी जसिम गिरफ्तार भएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीले जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरिएको जानकारी दिएका हुन् ।

इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

अल कादिमीले यसबारे थप विवरण भने दिएका छैनन् । इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सीमाना बाहिर एक अपरेशनमा पक्राउ गरिएको थियो ।

कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटिमा आवद्ध छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७