इलाममा पहिरोमा परी तीन जनाको मृत्यु


३ कार्तिक २०७८, बुधबार
pahiro ilam11634711245

इलाम, ३ कातिक । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी इलाममा तीन जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी तीन जनाले ज्यान गुमाएका हुन् ।

मंगलबार मध्य राति करिब १२ देखि २ बजेको समयमा गएको पहिरोका कारण जिल र मेहेलबोटेमा तीन जनाको मृत्यु भएको जनाइएको छ । नेपाली कांग्रेस सूर्योदय नगरपालिका–३ का सचिव धड्कन शर्माले दिएको जनकारीअनुसार रातिको पहिरोमा परी बेपत्ता भएका तीन जनाको बुधबार बिहान करिब ११ बजे शव निकालिएको छ ।

मेहेलबोटे निवासी ४५ वर्षीय मीरा दर्जीको शव भने बिहान १० बजेतिर भेटिएको शर्माले बताए । यस्तै, सूर्योदय–३, जिलका ४९ वर्षीय विष्णुमाया तामाङ र उनका छोरा १८ वर्षीय विशाल तामाङको पनि शव फेला परेको छ ।

‘राति १२ बजेदेखि २ बजेसम्म गएको पहिरोमा उनीहरू बेपत्ता भएका थिए, अहिले दुई घण्टाभित्र उनीहरूको शव फेलाप¥यो’, शर्माले भने, ‘राति नै थाहा पाएर बस्तीका अन्य घर–परिवारहरू सारिएको थियो ।’

नयाँबजार–फिक्कल जोड्ने मयुखोलास्थित पक्की पुल बगाएको पनि उनले जानकारी दिए । ‘हाम्रै नगर र जिल्लामा पनि धेरै क्षति भएको छ, तर विद्युत् गएका कारण सञ्चार सेवा अवरुद्ध भएकाले कहाँ कति क्षति भयो भन्ने तथ्यांक संकलन हुनसकेको छैन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७