बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने


३ कार्तिक २०७८, बुधबार
astalaxmi shakya

काठमाडौं, ३ कातिक । बागमती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको जानकारी दिए । बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७