जुम्लामा बाढी–पहिरोको प्रारम्भिक क्षति : १८ हेक्टर धानको फाँट र १५२ भेडा–बाख्रा बगायो


३ कार्तिक २०७८, बुधबार
barsha dhan khet1634727915
afnLsf] gf; /fhlj/fh, # sflQsM ;’Gb/L vf]nfdf cfPsf] af9Ln] ;Kt/Lsf] lt?xt ufpFkflnsf / sGrg?k gu/kflnsfl:yt v]tdf k;]/ wfgafnLdf Iflt k’¥ofPkl5 lrlGtt x’Fb} ls;fg . tl:a/M c?0fs’df/ ofbj÷/f;;

जुम्ला, ३ कातिक । गएको तीन दिनदेखि लगातारको वर्षा र बाढीले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैबीच वर्षा र बाढीले जुम्लामा पुर्‍याएको प्रारम्भिक क्षति मूल्याङ्कन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाइँले प्रस्तुत गरेको जिल्लाको क्षति विवरणमा हिमा गाउँपालिका–६ का रत्ना शाही बाढी पहिरोमा परेर बेपत्ता भएकी छिन् ।

यस्तै तिला र भेरी नदीको बहाव बढ्न गइ नदी छेउछाउका १८ हेक्टर कालीमार्सी धानको क्षति भएको छ । सिञ्जा क्षेत्रको धानको क्षति भने आउन बाँकी छ ।

प्रजिअ पसाईका अनुसार तातोपानी र तिला गाउँपालिकामा १५२ भेडाबाख्रा र तातोपानीमा तीन भेडा संरक्षणका लागि राखिएका कुकुरलाई बाढीले बगाएको छ ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकामा धेरै क्षति भएको बताउनुभएको छ । तिला गाउँपालिकामा पनि धेरै नै क्षति भएकाले अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष विष्णुमाया बुढा क्षतिग्रस्त क्षेत्रतिर छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले मार्सी धानको बीउ जोगाउनै कठिन हुने भएको जानकारी दिए । उनले बालीमा मात्रै अनुमानित ६ करोड रुपैयाँ बराबरको क्षति हुने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७