बाढी पहिरो : मृतक संख्या ७७ पुग्यो, २७ बेपत्ता (अपडेट)


३ कार्तिक २०७८, बुधबार
pashiro dharan tOfnf4RDQF

काठमाडौं, ३ कातिक । केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार १४ जिल्लामा ७७ जनाको ज्यान गएको हो ।

बाढी पहिरोका कारण कालिकोट १, बैतडी ४, डडेलधुरा १, डोटी १२, बझाङ २, हुम्ला ६, प्युठान १, सोलुखुम्बु १ र धनकुटामा ७ जनाको ज्यान गएको छ । यस्तै मोरङमा १, सुनसरीमा २, पाँचथरमा २४, इलाममा १३ र उदयपुरमा २ जनाको ज्यान गएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बाढी पहिरोमा अझै २७ जना हराइरहेका छन् । बझाङमा बेपत्तामध्ये दुई जनाको शव फेला परेको छ । अझै २१ जना बेपत्ता छन् । इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता छन् । २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
हेर्नुस् विवरण

de

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७