बाढी–पहिरो : ज्यान गुमाउनेको संख्या ९२ नाघ्यो, ४२ जना बेपत्ता


४ कार्तिक २०७८, बिहीबार
RK BAJHANG srkFe70fNO

काठमाडौं, ४ कातिक । गएको चार दिनमा बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ९२ नाघेको छ । अहिलेसम्मको तथ्याङ्कले ९२ जनाको ज्यान गएको पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोका कारण ४२ जना सम्पर्कविहीन भएका छन् । वर्षाका कारण प्रदेश–१ मा मात्रै ५३ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ३० जनाको मृत्यु पुष्टि भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

गृह मन्त्रालयका अनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा ७, बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ ।

प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक-एक जनाको ज्यान गएको छ । बाढी पहिरोमा अझै ३० जना बेपत्ता छन् । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७