सिके राउतको चेतावनी : अब मेयर, सांसद र मन्त्रीमाथि जनकारबाही हुन्छ


५ कार्तिक २०७८, शुक्रबार
ck raut

धनुषा, ५ कातिक । जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई समेत जनकारबाही गरिने चेतावनी दिएको छ ।
जनमत पार्टीका कार्यकर्ताले हिजो (बिहीबार) खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर हिलो छ्यापेर जनकपुर घुमाएका थिए ।

कर्मचारीमाथि भएको दुव्र्यवहारको चौतर्फी बिरोध भइरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले आज (शुक्रबार) बिहान समाजिक सञ्जालमार्फत अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने धम्की दिएका हुन् ।

राउतले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘जनतामा धेरै माग छ, मेयरको । मेयर मात्रै हैन, सुध्रेन भने सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुनेछ ।’

धैर्यता राख्दै अगामी कारबाही हेर्दै जान राउतले उल्लेख गरेका छन् । उनले हिजो जनताले कारबाहीको लागि जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको उनको दाबी छ । ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए । तर मेयरले लुकेर ज्यान जोगाए,’ उनले उल्लेख गरका छन् ।

बिहीबार दिउँसो जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट तानेर कुटपिट गर्दै अर्धनग्न बनाएर जनकपुर बजार घुमाइ अमानवीय व्यवहार गरेका थिए।

उनले पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक भएको र अहिले आफू जनमत पार्टीको संयोजक भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७