बाढी–पहिरोले राजमार्गहरुमा साढे ३ अर्ब रुपैयाँको क्षति


७ कार्तिक २०७८, आईतवार
nagdhunga Sadak pahiro 1 ILO7QNa33M

काठमाडौं, ७ कात्तिक । २०७८ सालको बाढी–पहिरोले राजमार्गहरुमा साढे ३ अर्ब रुपैयाँ क्षति पुर्‍याएको छ । सडक विभागको प्रारम्भिक अध्ययनले ठूला सडकमा ३ अर्ब ४० करोड क्षति भएको देखाएको हो ।

राष्ट्रिय राजमार्गहरुमा बाढी, पहिरो लगायत विभिन्न कारणबाट सडकमा क्षति भएको थियो । विभागका अनुसार राष्ट्रिय राजमार्गहरुमा जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोडको रुपैयाँ क्षति भएको छ ।

त्यस्तै दशैंपछि आएको बाढीले १ अर्ब ५ करोडको सडक क्षति भएको विभागको अनुमान रहेको छ । गत हप्ता आएको बाढीले १८ स्थानमा सडक अवरुद्ध भएको थियो । अझै ६ स्थानमा सडक खुल्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७