पाँचथरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ६३ घाइतेमध्ये १५ को अवस्था गम्भिर


८ कार्तिक २०७८, सोमबार

पाँचथर, ८ कात्तिक । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । घाइतेमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको निधन भएको पुष्टि भए पनि उनीहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ । पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए ।

बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेको प्रहरीले जानकारी दिएको छ । सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७