एमाले अधिवेशन : भक्तपुरमा लम्बियो बन्द सत्र, ललितपुरका ६ पालिकामा सर्वसम्मत नेतृत्व


१० कार्तिक २०७८, बुधबार
bha

काठमाडौं, १० कात्तिक । नेकपा एमालेको पालिकास्तरीय अधिवेशनअन्तर्गत ललितपुर जिल्लाका ६ वटा पालिकाका सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

एमाले (ललितपुर) का अनुसार जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, महांकाल गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा सर्वसम्मत किमिटी चयन भएका हुन् । उपाध्यक्षमा नन्दश्याम महर्जन, सचिवमा मिथुन महर्जन तथा उपसचिवमा राजेन्द्र न्यौपाने र नमी सिलवाल चयन भएका छन् ।

यसअनुसार ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, गोदावरी नगरपालिकामा प्रभाकर थापा, महांकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईं, कोञ्ज्योसोम गाउँपालिकामा कवीन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको हुन् ।
भक्तपुरमा बन्द सत्र लम्बियो
नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए ।

चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् । केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ । एमालेको नयाँ विधान अनुसार नगर कमिटी ७५ सदस्यीय हुने छ । जसमा पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिब र २ उप सचिब चयन हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७