फेसबुकले नाम फेर्दै राख्यो ‘मेटा’


१२ कार्तिक २०७८, शुक्रबार
facebook meta

काठमाडौं, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम ‘मेटा’ राखिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् ।

कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

पछिल्लो समय आफ्नै पूर्व कर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।

फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७