भारतमा कोभिड–१९ को नयाँ संक्रमितको संख्या बढ्यो


१३ कार्तिक २०७८, शनिबार
korona india

नयाँदिल्ली, १३ कात्तिक । भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या शनिबार बढेर तीन करोड ४२ लाख ६० हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यस बाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा एक लाख ६१ हजार ५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या तीन करोड ३६ लाख ४१ हजार १७५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७