यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना


१६ कार्तिक २०७८, मंगलवार
kathamandu upatiyaka scaled

काठमाडौं, १६ कात्तिक । देशका विभिन्न भू–भागमा आज (मंगलबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ‘मौसमी प्रणालीमा वर्षा र हिमपातको सम्भावना देखिए पनि यसको सम्भावना निकै कम देखिएको छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘हिमपात र वर्षा भयो भने प्रदेश–१ र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भू–भागमा हुनेछ ।’

यसैबीच, आज काठमाडौं उपत्यकाको बिहान ६ बजेको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको छ । यो हिजोको भन्दा कम हो । हिजो बिहान ६ बजे १४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । मौसमविद् नगरकोटीका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७