बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


१६ कार्तिक २०७८, मंगलवार
gold

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा आज (मंगलबार) सुन भाउ उकालो लागेको छ । सोमबारको तुलनामा छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुनको भाउ पनि सोमबारको तुलनामा दुई सयले बढेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार एक हजार २४५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज एक हजार २५० मा कायम भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७