विद्रोहीको गतिविधि बढ्न थालेपछि इथियोपियामा संकटकालको घोषणा


१७ कार्तिक २०७८, बुधबार
Ethiopia

काठमाडौं, १७ कात्तिक । इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरुले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रुपमा संकटकालको घोषणा गरेको हो ।

पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि तीव्र पारेपछि त्यसलाई नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ । अघिल्लो हप्ता राजधानी क्षेत्र कब्जा गर्ने भन्दै टिग्र समूहले विभिन्न शहरबाट र्‍यालीसहित मार्चपास गर्दा सरकारी सेनासँग झडप भएको थियो ।

विद्रोही टिग्रेका लडाकूहरुले हालैका दिनमा छिमेकी अम्हरा क्षेत्रका रणनीतिक शहरहरु डेसी र कोम्बोल्चा नियन्त्रणमा लिएसँगै अन्य क्षेत्रमा पनि बढ्ने संकेत पाएसँगै त्यहाँको सरकारले संकटकालको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

इथियोपियाका न्यायमन्त्री गेडियन टिमोथियोसले आतंकवाद नियन्त्रणका लागि संकटकालको घोषणा गरेको बताए । उनले सो संकटकालको उल्लंघन गर्नेलाई १० वर्षसम्म जेल सजाय हुने चेतावनी दिएका छन् । सरकारले राजधानीबाट चार सय किलोमिटरको दूरीमा रहेका प्रमुख दुई शहर नियन्त्रणका लागि विद्रोहीको प्रयास असफल पार्न सैन्य संघर्ष जारी रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७